२१ दिनको लागि ५० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले २१ दिनको लागि बोलकबोलको माध्यमबाट ५० अर्ब रूपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकले यसको साँवाब्याज २०८२ जेठ ७ गते भुक्तानी गर्ने जनाएको छ । राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोकोरुपमा प्रयोग गर्न सकिने उल्लेख गरिएको छ ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।