काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकको विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८६ हजार ७११ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बबरमहलमा रहेको कम्पनी सचिवको कार्यालयमा आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्