काठमाडौं । साताको कारोबारको चौथो दिनपनि सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ८.१४ अंकले घटेर २६२३.८३ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बुधबार नेप्सेमा राधि विद्युत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५८ करोड ४ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको दिन दुईओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
कुल ३१४ कम्पनीको २ करोड ६४ लाख १ हजार २ सय ६१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड ४१ लाख बढिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्