काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विकासलाई उत्पादनसँग जोड्न जरुरी रहेको बताएका छन् ।
झापाको मेचीनगर क्षेत्रमा सडकहरुको बिहिबार निरीक्षणका क्रमका उनले विकास निर्माणमा गरिएको प्रत्येक लगानीले उत्पादन र उत्पादकत्वलाई वृद्धि गर्न सक्नु पर्ने बताएका हुन् ।
“राज्यले वर्षेनी विकासका लागि अर्वौको लगानी गर्ने गरेको छ”, मन्त्री दाहालले भने, “तर त्यो गरिएको लगानी अनुसारको प्रतिफल प्राप्त भई रहेको छ कि छैन भनेर विश्लेषण गर्न पनि जरुरी छ ।”
सडक सञ्जालको पहुँचले यातायातको सुविधा मात्र पुग्ने नभई ग्रामिण उपजहरू सहजै बजार सम्म पुग्ने र स्थानीयबासिन्दाको जीवन स्तरमा पनि सुधार हुने उनले विश्वास व्यक्त गरे ।
सरकारले ग्रामिण अर्थतन्त्रलाई बलियो बनाउने, अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने, उत्पादनलाई बजार सम्म ल्याउन सघाउ पु¥याउने तथा ठुलो जनसंख्यालाई लाभ हुने योजनाहरूलाई प्राथमिकता दिने समेत बताए ।
लामो समय सम्म अलपत्र भएका तथा रुग्ण भएकाले हुन लागेका योजनाहरूको पहिचान गरि समस्या समाधान तर्फ जोड दिँदै आएको उल्लेख गर्दै मन्त्री दाहालले धेरै आयोजनाहरू थप्नु भन्दा थालिएका र अलपत्र भएका योजनाहरू पूरा गर्न जरुरी भएको पनि बताए ।
त्यस क्रममा उनले सुके निन्दा खोलामा निर्माण अवरुद्ध भएको पुलकों निर्माण प्रक्रिया अघि बढ़ाउन सड़क डीभीजन कार्यालय दमकका प्रमुख श्याम कुमार यादवलाई निर्देशन दिए ।
उनको अनुगमनका क्रममा मेचीनगर नगरपालिका प्रमुख गोपाल बुढ़ाथोकी, उपप्रमुख मीना उप्रेती लगायत जन प्रतिनिधिहरूले राधा स्वामी- सांगली टार सड़क निर्माणका लागी माग गरे ।
उनले सो सड़क का लागी आवश्यक श्रोत व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाए।
प्रतिक्रिया दिनुहोस्