काठमाडौँ । सरकारले ‘पार्ट टाइम’ ज्याला प्रणाली लागू गर्ने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्य घण्टामा आधारित ज्याला प्रणाली लागू गर्ने बताएका हुन् ।
सरकारले स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गर्न भएको छ । स्नातक तहभन्दा माथिका विद्यार्थीहरुलाई विभिन्न अनुसन्धान संस्थामा आबद्ध गरिने उल्लेख गरिएको छ । बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी कमाउँदै पढ्दै को नीति लागू गर्ने भएको छ ।
सरकारले श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बसालिने उल्लेख गरेको छ । यस्तै, योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गर्ने भएको छ ।
सरकारले कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य सङ्गठित संस्थाको नवीकरण गर्दा श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइ नियमित योगदान गरेको प्रमाण संलग्न गर्नुपर्ने कानुनी व्यवस्था गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्