५० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले २१ दिनको लागि ५० अर्ब रूपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।

यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने राष्ट्र बैंकले साँवा ब्याज २०८२ जेठ ११ गते भुक्तानी गर्ने उल्लेख गरेको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।