काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सले विशेष साधारणसभा सम्पन्न गरेको छ । गत २२ गते सम्पन्न विशेष साधारण सभाले कम्पनीलाई पब्लिक लिमिटेडमा लैजाने निर्णय गरेको छ ।
सम्पत्ती व्यवस्थापनको मूख्य कार्य गर्ने गरी स्थापना भएको हुँदा सोही अनुसार कम्पनीको पुँजी वृद्धि गर्न आवश्यक रहेको प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराइले बताए ।
उनले बैक बित्तीय संस्था, बीमा कम्पनी र अन्य संस्थालाई समावेश गरेर पुँजी वृद्धि गरी कम्पनीलाई पब्लिक लिमिटेड परिर्वतन गर्नपर्ने बताए ।
कम्पनीका संचालक तथा कार्यवाहक अध्यक्ष अजय कुमार मिश्रको अध्यक्षतामा काठमाण्डौं मैतिदेवीमा सभा सम्पन्न भएको हो ।
भट्राइले बैंक वित्तीय संस्थाको निष्कृय कर्जा र गैर बैंकिंङ्ग सम्पत्ति तिब्र गतिमा बृद्धि भर्रइरहेको तथा सो को न्यूनिकरणको लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना बारेमा बिगतको मौद्रिक निति र हालै सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रममा आईसकेको जानकारी गराए ।
सभाले नेक्सजेनको अधिकृत पूँजी एक अर्ब, तत्काल जारी पूँजी ५० करोड र कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने गरी प्रवन्धपत्र नियमावलिमा संसोधन गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।
नेक्सजेन म्यानेजमेन्टले विगत एक वर्ष देखि बैंक तथा वित्तीय संस्थाको समस्याग्रस्त ऋणीहरूको कर्पोरेट एडभाइजरको रूपमा काम गर्दै आइरहेको छ ।
यसले निष्कृय कर्जा नियमित गर्न, पून संचालन गर्न तथा विक्रीको लागि पनि सहजीकरण गर्ने गरेको छ । यो कम्पनी पूर्व बैंकरहरू लगानिमा खुलेको संस्था हो ।
ध्यक्ष अजय कुमार मिश्रले विश्वमा धेरै मुलुकमा सम्पत्ति व्यवस्थापन कम्पनीले निष्कृय कर्जा व्यवस्थापन गरी बैंक, वित्तिय संस्थालाई सहज पारेको बताए । नेपालको सन्दर्भमा पनि यस्तो कम्पनी संचालनको समय आईसकेको र यस्मा नेक्सजेन म्यानेजमेन्टले अग्रणी भुमिका खेल्नुपर्ने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्