नेप्से १२ अंकले घट्दा ११ अर्ब माथिकाे काराेबार


काठमाडौं । बुधबार (हिजो) उछाल आएको सेयरबजारमा आज भने गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक १२.०४ अंकले घटेर २६६१.६४ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्य े ५ ओटा उपसमुहको सेयर बढेको छ भने बाँकी ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन नेप्सेमा न्याग्दी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७८ करोड ४५ लाख बढिको कारोबार भएको छ ।

आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कुल ३१५ कम्पनीको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।