नेपालमा नोबेल ब्राण्डको औपचारिक सुरूवात, २६ भन्दा बढी देशमा सेवा विस्तार


काठमाडौँ । होम एप्लायन्सेस प्रदायक नोबेल इलेक्ट्रोनिक्स नेपाल र एनबीएससीले नोबेल ब्राण्डको नेपालमा औपचारिक सुरूवात गरेका छन् ।

दक्षिण एशियामा पहिलो पटक प्रवेश गरेको नोबेल ब्राण्ड मेजर तथा स्मल डोमेस्टिक एप्लायन्स, कन्जुमर इलेक्ट्रोनिक्स तथा बिल्ट–इन एप्लायन्स उत्पादनमा विश्वव्यापी रुपमा परिचित मानिन्छ ।

कम्पनीका अनुसार नोबेलका उत्पादनहरु हाल २६ भन्दा बढी देशमा उपलब्ध छन् र ती देशमा यसले गुणस्तरीय, भरपर्दो सेवा तथा उपभोक्ता सन्तुष्टिमा केन्द्रित सेवा प्रदान गर्दै आएको छ ।

‘परिवारलाई एकसाथ ल्याउने’ भन्ने नारासहित नेपाली बजारमा प्रवेश गरेको नोबेलले आधुनिक परिवारका आवश्यकता अनुरूप अत्याधुनिक प्रविधि, भरपर्दो सेवा र उपयुक्त मूल्यको संयोजन गर्ने बताएको छ । नोबेल इलेक्ट्रोनिक्सकी महाप्रवन्धक सञ्चिता कार्कीले नेपाली उपभोक्तालाई गुणस्तरीय उत्पादन र सेवा दिने प्रतिबद्धता व्यक्त गरिन्।

उनका अनुसार नोबेल ब्राण्डले नवप्रवर्तन र सेवा उत्कृष्टताका आधारमा विश्व बजारमा आफ्नो पहिचान बनाइसकेको छ र अब नेपाली उपभोक्ताले पनि यसको लाभ उठाउन सक्नेछन् ।