काठमाडाैँ । नेपाली काँग्रेस सांसद विनोद चौधरीले आगामी बजेटमा गर्न सकिने कामहरू मात्र समावेश गर्न सुझाव दिएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले विगतमा भएका कमजोरीहरूबाट पाठ सिकेर भोलिका दिनमा गर्न सकिने काममात्र समावेश गरिनुपर्नेमा जोड दिएका हुन् ।
उनले हरेक पटक बजेट आयो, पुरानै कार्यक्रमहरू राख्यो तर गर्न चाहीँ केही गर्न सकेन भन्ने खालका कार्यक्रमहरू ल्याउनेक्रम रोकिनुपर्नेमा जोड दिए । सांसद चौधरीले जति बोलेको हो त्यति गर्नेगरि बजेट ल्याउनुपर्छ भन्दै हल्का र सस्तो लोकप्रियताका लागि बजेट ल्याउनु भन्दा शतप्रतिशत कार्यान्वयनमा जानेगरि ल्याउनुपर्ने स्पष्ट पारे ।
नीति तथा कार्यक्रममा प्रश्तुत भएका सबैकुरा बजेटमा समावेश गर्नुभन्दा छानेर आफ्नो क्षमता अनुकुलको बजेट बनाउनुपर्नेमा उनकाे जोड थियो । उनले नीति तथा कार्यक्रममा समावेश भएका सबै कार्यक्रम समेट्नुपर्छ भन्दा पनि चुनिएका क्षेत्रमा ध्यान केन्द्रित गरेर बजेट ल्याउन सरकारलाई सुझाव दिए ।
उनले साना साना कुरा बजेटमा समेट्नुको कुनै अर्थ नहुने भएकाले हुनसक्ने काममात्र बजेटमा समावेश गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्