काठमाडौँ। आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक १२.५३ अंकले घटेर २६४९.११ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ ओटा उपसमुहको सेयर बढेको छ भने बाँकी १० ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आजको दिन नेप्सेमा राधी विद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६६ करोड १० लाख ७० हजार रुपैयाँ बढीको कारोबार भएको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यी दुवै कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत ९.९९ प्रतिशत, ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज सिन्धु विकास बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.३० प्रतिशतले घटेको छ ।
कुल ३०० कम्पनीको २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब २० करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्