काठमाडौँ । चालु आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा संघीय सरकारले जम्मा ३४ प्रतिशत पुँजीगत खर्च गरेको छ ।
पटक पटक आलोचना हुँदा पनि पुँजीगत खर्च सक्न ‘असारे विकास’ नै कुर्नुपर्ने देखिएको छ ।
३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको मध्ये वैशाख मसान्तसम्म १ खर्ब २० अर्ब ३७ करोड ६४ लाख रुपैयाँ अर्थात ३४.१६ प्रतिशत मात्रै खर्च भएको छ ।
यो अवधिमा ११ खर्ब ५७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ खर्च गरेकोमा सबैभन्दा धेरै चालुतर्फ ७ खर्ब ७३ अर्ब २२ करोड ६७ लाख रुपैयाँ अर्थात ६७.७९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ६४ अर्ब २८ करोड ९४ लाख रुपैयाँ अर्थात ७१.९६ प्रतिशत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्