कर्णाली विकास बैंकले आफ्नो सम्पत्ति पनि बेचेर दायित्व पूर्ति गर्न नसक्ने पाइएको छ। बैंकसँग २ अर्ब ५६ करोड ४७ लाख ५७ हजार रुपैयाँमात्र पुँजी तथा सम्पत्ति छ भने ५ अर्ब ३ करोड २५ लाख एक हजार रुपैयाँ तिर्नुपर्ने दायित्व छ जसमा बैंकको आफ्नो सम्पत्तिबाट २ अर्ब ४६ करोड ७७ लाख ४४ हजार रुपैयाँ तिर्न नसक्ने देखिन्छ।
काठमाडाैँ । कर्णाली विकास बैंकभित्र ऋण प्रवाहमा ठुलाे ‘स्क्याम’ भएकाे प्रारम्भिक अनुसन्धानले देखाएकाे छ । राष्ट्र बैंकका एक अधिकारीले थप विवरणहरू सङ्कलन गर्ने काम भइरहेको र यो गम्भीर विषय पटाक्षेप हुन सक्ने बताएका छन् ।
कर्णाली विकास बैंक एउटा आफैँमा ठुलो ‘स्क्याम’ हुन सक्ने र यसमा राष्ट्र बैंकको कमजोरी समेत उजागर हुन सक्ने ती अधिकारीले बताए । उनले भने,“ यो कर्णाली विकास बैँकभित्र मात्रै होइन राष्ट्र बैंकको सुरपरिवेक्षण गर्ने कमजोरीको ठुलो हिस्सा उजागर हुन सक्छ ।”
सो विकास बैंकले आफ्नो सम्पत्ति पनि बेचेर दायित्व पूर्ति गर्न नसक्ने देखिएको छ। बैंकसँग २ अर्ब ५६ करोड ४७ लाख ५७ हजार रुपैयाँमात्र पुँजी तथा सम्पत्ति छ भने ५ अर्ब ३ करोड २५ लाख एक हजार रुपैयाँ तिर्नुपर्ने दायित्व छ। जसमा बैंकको आफ्नो सम्पत्तिबाट २ अर्ब ४६ करोड ७७ लाख ४४ हजार रुपैयाँ तिर्न नसक्ने देखिन्छ।
अनुसन्धानबाट विकास बैँककाे तत्कालीन समयका सुपरीवेक्षणमा खटिएका अधिकारीहरू समेत तानिन सक्ने देखिएकाे छ ।
अनुसन्धानबाट विकास बैँककाे तत्कालीन समयका सुपरीवेक्षणमा खटिएका अधिकारीहरू समेत तानिन सक्ने देखिएकाे छ ।
नेपाल राष्ट्र बैंकले २०८१ पुसमा कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गर्दै यसको व्यवस्थापने नियन्त्रणमा लियो । कर्णाली विकास बैंक चल्न सक्ने स्थिति नआएपछि राष्ट्र बैंकले व्यवस्थापनको जिम्मा लिएको हो ।
व्यवस्थापनको लागि राष्ट्र बैंकले ३ सदस्य रहेको कमिटी गठन गर्यो । उक्त टोलीलाई कर्णाली विकास बैंक रहेको केन्द्रीय कार्यालय बाँकेको नेपालगञ्ज पठाएकाे छ ।
कर्णाली विकास बैंक एउटा आफैँमा ठुलो ‘स्क्याम’ हुन सक्ने र यसमा राष्ट्र बैंकको कमजोरी समेत उजागर हुन सक्नेछ । यो कर्णाली विकास बैँकभित्र मात्रै होइन राष्ट्र बैंकको सुरपरिवेक्षण गर्ने कमजोरीको ठुलो हिस्सा उजागर हुन सक्छ ।
व्यवस्थापन कमिटीको संयोजक वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडा थिए भने सदस्यमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगलकिशोर कुशवाहा छन्।
कर्णाली विकास बैंक एउटा आफैँमा ठुलो ‘स्क्याम’ हुन सक्ने र यसमा राष्ट्र बैंकको कमजोरी समेत उजागर हुन सक्नेछ । यो कर्णाली विकास बैँकभित्र मात्रै होइन राष्ट्र बैंकको सुरपरिवेक्षण गर्ने कमजोरीको ठुलो हिस्सा उजागर हुन सक्छ ।
टोली अहिले पनि नेपालगञ्जमा बसेर यसको व्यवस्थापनको कार्य गरिरहेको छ । बैंकले पहिला प्रकाशित वित्तीय विवरणहरू सबै गलत रहेको देखिएको छ ।
अहिले कर्णाली विकास बैंकको व्यवस्थापनको लागि राष्ट्र बैंकबाट खटिएको टोलीले राष्ट्र बैंक वित्तीय सुपरिवेक्षण विभागलाई ‘ड्यु डिलिजेन्स अडिट’ (डिडिए) प्रतिवेदन बुझाएको छ ।
बैंकमा रकमको अपचलन, अनिवार्य नगद मौज्दात (सिआरआर) हिनामिना, रेमिट्यान्स अपचलन, कर्जा अपचलन, चेक अपचलन, गलत कागजात बनाएर कर्जा प्रवाह र सम्पत्ति शुद्धीकरणमा शंकास्पद कारोबार लगायत धेरै अपचलन देखिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा बैंकको सम्पत्तिभन्दा बढी तिर्नुपर्ने दायित्व देखिएको देखिएको छ ।
प्रतिवेदनअनुसार सो विकास बैंकले आफ्नो सम्पत्ति पनि बेचेर दायित्व पूर्ति गर्न नसक्ने देखिएको हो ।
बैंकसँग २ अर्ब ५६ करोड ४७ लाख ५७ हजार रुपैयाँमात्र पुँजी तथा सम्पत्ति छ भने ५ अर्ब ३ करोड २५ लाख एक हजार रुपैयाँ तिर्नुपर्ने दायित्व छ । जसमा बैंकको आफ्नो सम्पत्तिबाट २ अर्ब ४६ करोड ७७ लाख ४४ हजार रुपैयाँ तिर्न नसक्ने देखिन्छ ।
बैंकसँग २ अर्ब ५६ करोड ४७ लाख ५७ हजार रुपैयाँमात्र पुँजी तथा सम्पत्ति छ भने ५ अर्ब ३ करोड २५ लाख एक हजार रुपैयाँ तिर्नुपर्ने दायित्व छ । जसमा बैंकको आफ्नो सम्पत्तिबाट २ अर्ब ४६ करोड ७७ लाख ४४ हजार रुपैयाँ तिर्न नसक्ने देखिन्छ ।
राष्ट्र बैंकको टोलीले नेपालगन्जमा बसेर अहिले पनि बैंकको सबै विवरणहरूको जाँच गर्दा बैंकले पहिला देखाएको भन्दा विवरणमा धेरै फरक आएको देखिएको छ ।
राष्ट्र बैंकले निरीक्षण गर्नुभन्दा पहिला कर्णाली विकास बैंकले आफ्नो सम्पत्ति ५ अर्ब ६७ करोड २१ लाख ८५ हजार रुपैयाँ देखाएको थियो भने समायोजनपछि जम्मा २ अर्ब ५६ करोड ४७ लाख ५७ हजार रुपैयाँ देखिएको छ तर यसको वास्तविक मूल्य (फेयर भ्यालू) भने २ अर्ब ५६ करोड ४७ लाख ५७ हजार रुपैयाँ मात्र छ ।
दायित्व राष्ट्र बैंकले हेर्नुभन्दा पहिला ७ अर्ब ५७ करोड ९५ लाख ३ हजार रुपैयाँ उल्लेख गरिएको थियो ।
अहिले समायोजन गरेपछि ८ अर्ब ३ करोड ८ लाख ९१ हजार रुपैयाँ देखिएको छ तर राष्ट्र बैंकले वास्तविक मूल्य (फेयर भ्यालू) ५ अर्ब ३ करोड २५ लाख एक हजार रुपैयाँ मात्र रहेको देखाएको छ ।
बैंकले ग्राहकलाई दिएको कर्जा र एड्भान्सबाट उठ्नुपर्ने २ अर्ब ९३ करोड ६६ लाख ६८ हजार रुपैयाँ मात्र उठ्नुपर्ने देखाएको छ तर यसको ५९ प्रतिशत पनि उठ्ने सम्भावना रहेकाे जनाएकाे छ । यसको उठ्ने वास्तविक मूल्य (फेयर भ्यालू) एक अर्ब ७३ करोड २६ लाख ३४ हजार रुपैयाँ मात्र हाे ।
बैंकले ग्राहकलाई दिएको कर्जा र एड्भान्सबाट उठ्नुपर्ने २ अर्ब ९३ करोड ६६ लाख ६८ हजार रुपैयाँ मात्र उठ्नुपर्ने देखाएको छ तर यसको ५९ प्रतिशत पनि उठ्ने सम्भावना रहेकाे जनाएकाे छ । यसको उठ्ने वास्तविक मूल्य (फेयर भ्यालू) एक अर्ब ७३ करोड २६ लाख ३४ हजार रुपैयाँ मात्र हाे ।
बैंकिङ हिनामिनामा कर्मचारी नै संलग्न रहेको देखिएको छ । उनीहरूकै मिलेमतोमा बैंकका निक्षेपकर्ताको रकम अपचलन भएको राष्ट्र बैंक स्रोतले बतायो ।
बैंकको कर्जा प्रवाह गर्दा हुने कागजात नै फर्जी रहेको देखिएको छ । गलत कागजात प्रयोग गरेर प्रवाह भएको कर्जामा निक्षेपकर्ताले जम्मा गरेको निक्षेप नै नपाउने आवस्था आएको हो ।
बैंकसँग कर्जा प्रवाह गर्दा राखेको धितोको सही मूल्याङ्कन नै नगरी कर्जा प्रवाह भएको पाइएकाे छ ।
बैंकसँग कर्जा प्रवाह गर्दा राखेको धितोको सही मूल्याङ्कन नै नगरी कर्जा प्रवाह भएको पाइएकाे छ ।
बैंकको गैरबैंकिङ सम्पत्ति घटेको छ । कर्णाली विकास बैंकले गैरबैंकिङ सम्पत्ति ५ करोड ७१ लाख ३९ हजार रुपैयाँ रहेको मूल्याङ्कन गरेको थियो तर बैंकको गैरबैंकिङ सम्पत्तिको फेयर भ्यालू ५ करोड ५१ लाख २९ हजार रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
सो विकास बैंकले आफ्नो अन्य सम्पत्ति धेरै रहेको देखाएको थियो । बैंकले एक अर्ब ५५ करोड ९० लाख ५२ हजार रुपैयाँ अन्य सम्पत्ति देखाएको थियो तर कर्णाली विकास बैंकको अन्य सम्पत्ति ५ करोड ६७ लाख ८५ हजार रुपैयाँ छ । बैंकले आफ्नो हुँदै नभएको सम्पत्ति अधिक देखाएर सम्पत्तिमा गणना गरिरहेको थियो ।
हिनामिना संलग्न हुनेहरू अझै पनि फरार सूचीमा छन् । सिआइबीले अनुसन्धान गरिरहेको भनेपनि उच्च राजनीतिक तहमा सम्बन्ध भएका कारण सिआइबीले पनि पक्राउ गर्न नसकेको राष्ट्र बैंक स्रोतले बतायो ।
कर्णाली विकास बैंकमा निक्षेपकर्ताले निक्षेपजम्मा गरेको ४ अर्ब ६१ करोड ४ लाख ६८ हजार रुपैयाँ तिर्नुपर्ने अनिवार्य दायित्व छ।
बैंकमा एक लाख २ हजार ३३१ खातामा निक्षेप छ । जसमा बचत खाताको हिस्सा ४७.९ प्रतिशत, चल्तीको ०.७ प्रतिशत, कल १७.४ प्रतिशत र मुद्दतीको हिस्सा ३४ प्रतिशत रहेको देखिएको छ ।
बैंकमा एक लाख २ हजार ३३१ खातामा निक्षेप छ । जसमा बचत खाताको हिस्सा ४७.९ प्रतिशत, चल्तीको ०.७ प्रतिशत, कल १७.४ प्रतिशत र मुद्दतीको हिस्सा ३४ प्रतिशत रहेको देखिएको छ ।
सापट लिएको १० करोड ३५ लाख ११ हजार रुपैयाँ, ब्याज ८१ करोड २० लाख ९८ हजार रुपैयाँ तिर्नुपर्ने दायित्व रहेको छ ।
लोन लस प्रोभिजन फण्डमा एक अर्ब ६९ करोड ७६ लाख ३० हजार रुपैयाँ रहेको छ राष्ट्र बैंकले समायोजन गरेपछि दायित्व बढाउँदै २ अर्ब १२ करोड ९१ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।
बैंकको अन्य दायित्व २९ करोड २५ लाख ४१ हजार रुपैयाँ रहेको छ । बैंकले राष्ट्र बैंकले हेर्नुभन्दा अगाडि २८ करोड ८३ लाख ८४ हजार रुपैयाँ रहेको देखाएको थियो ।
“अहिले पनि निक्षेपकर्ताहरुको निक्षेप फिर्ता गर्न सक्ने अवस्था बैंकसँग छैन । यसको अवस्था हेरेर फिर्ता गर्ने अवस्था पनि बैंकसँग छैन,” स्रोतले भन्यो । राष्ट्र बैंक पनि ५ लाख रुपैयाँसम्मको निक्षेप तथा कर्जा सुरक्षण कोषबाट लिन सकिने भनेर बसेको छ ।
बैंकमा ५ लाख रुपैयाँसम्म एक लाख ४५३ जनाको एक अर्ब १९ करोड ७८ लाख ४५ हजार ६२४ रुपैयाँ, ५ लाख देखि ५० लाख रुपैयाँसम्म एक हजार ८१४ जनाको २ अर्ब २६ करोड ४३ लाख ३४ हजार ७२७.५८ रुपैयाँ छ ।
कर्णाली विकास बैंकमा ८०.२ प्रतिशत व्यक्तिगत निक्षेप छ भने १९.८ प्रतिशत संस्थागत निक्षेप छ ।
बैंकमा ५ लाख रुपैयाँसम्म एक लाख ४५३ जनाको एक अर्ब १९ करोड ७८ लाख ४५ हजार ६२४ रुपैयाँ, ५ लाख देखि ५० लाख रुपैयाँसम्म एक हजार ८१४ जनाको २ अर्ब २६ करोड ४३ लाख ३४ हजार ७२७.५८ रुपैयाँ छ ।
यस्तै ५० लाख देखि एक करोड रुपैयाँसम्म ४७ जनाको ३२ करोड ४५ लाख ७५ हजार ४५१.८४ रुपैयाँ, एक करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म १४ जनाको १९ करोड ७९ लाख ७ हजार ७०३.४० रुपैयाँ र ५ करोड रुपैयाँदेखि माथि ३ जनाको ४८ करोड ६९ लाख ५० हजार ६५३.२० रुपैयाँ निक्षेप रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बैंकले एक हजार २७ ऋणीहरुलाई २ अर्ब ९३ करोड ६६ लाख ६७ हजार ९८४ रुपैयाँ कर्जा प्रवाह गरेको छ जसमध्ये ३५२ जनाको २ अर्ब २२ करोड ५७ लाख ७१ हजार ५८२ रुपैयाँ कुल निष्कृय कर्जा रहेको देखिएको छ ।
बैंकले एक हजार २७ ऋणीहरुलाई २ अर्ब ९३ करोड ६६ लाख ६७ हजार ९८४ रुपैयाँ कर्जा प्रवाह गरेको छ जसमध्ये ३५२ जनाको २ अर्ब २२ करोड ५७ लाख ७१ हजार ५८२ रुपैयाँ कुल निष्कृय कर्जा रहेको देखिएको छ ।
उठ्ने कर्जा ५९ प्रतिशत अर्थात एक अर्ब ७३ करोड २६ लाख ३४ हजार रुपैयाँमात्र उठ्ने देखिएको छ ।
बैंकको कुल निष्कृय कर्जा ७५.८ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ । बैँककाे हालत हेर्दा राष्ट्र बैंक र तत्कालीन सुपरीवेक्षणमा खटिएका अधिकारीहरूकाे अनुगमन समेत शङ्कास्पद देखिएकाे छ ।
अहिले नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले समस्या देखिएका फाइनान्स कम्पनी र विकास बैंकको विवरण दैनिक मगाएर सुपरिवेक्षण गरिरहेको छ ।
यसले फाइनान्स कम्पनी र विकास बैंकलाई दबाब महसुस हुने र सुधारमा जाने विश्वास लिएको राष्ट्र बैंकका उच्च अधिकारीले बताए ।
अहिले नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले समस्या देखिएका फाइनान्स कम्पनी र विकास बैंकको विवरण दैनिक मगाएर सुपरिवेक्षण गरिरहेको छ । यसले फाइनान्स कम्पनी र विकास बैंकलाई दबाब महसुस हुने र सुधारमा जाने विश्वास लिएको राष्ट्र बैंकका उच्च अधिकारीले बताए ।
“हामीले फाइनान्स कम्पनी र विकास बैंकको दैनिक विवरण मगाएर हेरिरहेका छौँ । निक्षेप सङ्कलन कर्जा प्रवाह लगायत विभिन्न सूचकहरू दैनिक धेरै तलमाथि भए हामीले किन यस्तो भयो भनेर सोध्छौँ । यसले दबाब महशुस हुन्छ । उनीहरूले सुधार गर्छन्,” उनले भने, “राष्ट्र बैंकले जिम्मा लिएर भन्दा पनि उनीहरुलाई सुधार गर्न दिनुपर्छ । राष्ट्र बैंकका कर्मचारीको सम्बन्ध निक्षेपकर्ता ऋणहरुसँग हुँदैन, धितोको बारेमा पनि थाहा हुँदैन । त्यसैले सम्बन्धित संस्थालाई दबाब दिँदै सुधार गर्ने कार्य गरिरहेका छौँ ।”
राष्ट्र बैंकले व्यवस्थापन समूहलाई बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको ड्यू डिलिजेन्स अडिट सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्रदान गरेको थियो ।
राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशङ्का भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकाले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी कर्णाली विकास बैंकलाई नियन्त्रणमा लिएको हो ।
टक्सार म्यागजिनकाे इपेपर पढ्नुहाेस्, Thuprai.com/Taksar बाट ।
सिधा सम्पर्कः 9851227753 ।। इमेलः [email protected]
प्रतिक्रिया दिनुहोस्