जिम्मेवारी पूरा गर्ने अभियानमा कर्मचारीको साथ र सहयोग आवश्यक छः अध्यक्ष गड्तौला


काठमाडाैँ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका नवनियुक्त अध्यक्ष लिलादेवी गड्तौलाले पदभार ग्रहण गरेका छन् ।

अध्यक्ष गड्तौलासँगै आयोगका सदस्यहरू गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपालीले पनि पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहण गर्दै उनले आयोगका जिम्मेवारी धेरै भएकोले हामी नियुक्त भएर आएपनि वास्तविक औजार भनेको कर्मचारी नै भएको बताइन् ।

उनले कर्मचारीलाई आवश्यक सहयोगको आग्रह गर्दै कर्मचारीको सहयोगले जिम्मेवारी पूरा गर्न सजिलो हुने स्पष्ट पारिन् ।अध्यक्ष गड्तौलाले आयोगका कर्मचारीले जागिर खाने हिसावले मात्र नभई जिम्मेवारी पूरा गर्ने अभियानमा कर्मचारीको साथ र सहयोगको अपेक्षासमेत गरिन् । उनले कर्मचारीसँग आगामी दिनमा आवश्यकताअनुसार छलफल गर्दै जाने बताइन् ।