जनप्रतिनिधिको भूमिका कमजोर बनाउने प्रयास कुनै बहानामा उचित हुँदैनः सांसद थापा


काठमाडाैँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले निर्वाचित जनप्रतिनिधिको भूमिका कमजोर बनाउने प्रयास कुनैपनि बहानामा उचित नहुने बताएका छन् ।

मंगलवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै थापाले सांसद विकास कोषको रकमबारे अनावश्यक प्रचार भइरहेको भन्दै सांसदहरूलाई कोष नभएर योजना सिफारिस गर्ने अधिकार रहेको बताएका हुन् ।

उनले समाजमा एकाथरी मानिसहरु यस कार्यलाई अलग गर्नुपर्ने भनेर वाहियात छलफल, बुद्धि विलासका साथै पूर्वाग्रही एवं नकारात्मक भाष्य निर्माणमा लागेको आरोप लगाए ।

उनले निर्वाचन क्षेत्रका विकास प्रक्रियामा निर्वाचित सांसदको भुमिकालाई प्रभावकारी, अटुट र अन्योन्याश्रित जोड्नु अनिवार्य रहेको बताए ।