प्रि–ओपन सेसनमै ३४ अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौं । सेयर बजारमा आज उछाल आउने देखिएको छ । गर्भनर नियुक्ति पछिको पहिलो कारोबारको दिन लगानीकर्ता उत्साहित बनेको देखिन्छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक प्रि ओपन सेसनमै ३४ अंकले बढेको छ । बुधबार कारोबार सुरु भएको केही मिनेटमै नेप्से परिसूचक ३५ अंकले बढेर २७१२.२५ अंकमा पुगेको छ ।

प्रि ओपन सेसनमा १ लाख १८ हजार ४५ कित्ता सेयर किनबेच हुँदा ४ करोड ६९ लाख बढीको कारोबार भएको छ ।