काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर डा. विश्वनाथ पौडेलले ५० रूपैयाँ र एक हजार रूपैयाँ दरको नयाँ नोट छाप्ने निर्णय गरेका छन् । गर्भनर डा. पौडेलले पदभार ग्रहण गरेसँगै पहिलो निर्णयका रुपमा ५० र एक हजार रुपैयाँको नोट छाप्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
बुधवार पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहण गरेसँगै गर्भनर पौडेल पदभार ग्रहणको लागि नेपाल राष्ट्रबैंक पुगेका छन् । पूर्व गर्भनर महाप्रसाद अधिकारीले राजीनामा दिएको करिब २ महिनापछि सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्