काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ ।
हकप्रद सेयर निष्कासनको लागि कम्पनीलाई जेठ ६ गते (हिजो) नेपाल धितोपत्र बोर्डले अनुमिति प्रदान गरेको हो ।
कम्पनीले अब १०० रुपैयाँ अंकित दरमा कुल ५३ लाख ५८ हजार १ सय ५० कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको कुल चुक्ता पुँजी हकप्रद सेयर निष्कासनपछि बढेर १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।
बरुण हाइड्रोपावरको हकप्रद शेयर निष्काशन व्यवस्थापनको जिम्मेवारी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले पाएको छ।
प्रतिक्रिया दिनुहोस्