बिहीबार १९ अंकले बढ्यो नेप्से, ९ अर्ब ८२ करोड रूपैयाँ बराबरको कारोबार


काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार न्यादी ग्रुप पावर लिमिटेड कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६९ करोड १ लाख ७२ हजार ३२५ रुपैयाँको कारोबार भएको छ ।

आजको ओम मेगाश्री फर्मास्युटिकल्सका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै बाराही हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३१४ कम्पनीको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड २० लाख ७० हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।