स्याङ्जामा नदिजन्य पदार्थ उत्खनन् र ओसार–पसारमा संलग्न सवारी साधनहरू कारवाहीमा


स्याङ्जा । स्याङ्जाकाे विरुवा गाउँपालिकास्थित ज्याग्दीखोलामा नदिजन्य पदार्थको अवैध उत्खनन् तथा ओसार-पसारमा संलग्न सवारी साधनहरूलाई कारवाहीका लागि नियन्त्रणमा लिइएको छ।

प्राप्त सूचनाका आधारमा प्रहरी चौकी विरुवाअर्चबाट खटिएको टोलीले ज्याग्दीखोलामा अवैध रूपमा क्रियाशील अवस्थामा फेला परेका तीनवटा सवारीसाधनहरू नियन्त्रणमा लिएको हो। पक्राउ परेका सवारीसाधनहरूमा ग १ क ३११५ नम्बरको जेसीभी, ग १ क ५४९८ र ग १ क ५४९९ नम्बरका दुईवटा टिपर रहेका छन्।

प्रहरीले ती सवारीसाधनहरूलाई आवश्यक कारवाहीका लागि विरुवा गाउँपालिका कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार अनुसन्धानपश्चात थप कारवाही अघि बढाइनेछ।

प्रहरीले नदिजन्य स्रोतहरूको संरक्षणका लागि अवैध उत्खनन् तथा ओसार–पसारमा संलग्नहरूविरुद्ध निगरानी र कारवाही तीव्र बनाएको जनाएको छ।