बिक्री नभएको दोर्दी खोला हाइड्रोको हकप्रद सेयर लिलामीमा


काठमाढौं । दोर्दी खोला जलविद्युत लिमिटेडले बिक्री नभएको हकप्रद सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको छ ।

कम्पनीले आइतबार जेठ ११ गते देखि हकप्रदमा बाँकी रहेका साढे १९ लाखभन्दा बढी कित्ता सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। कम्पनीले कुल १९ लाख ४६ हजार ६७६ कित्ता सयर लिलामीमार्फत बिक्री खुला गरेको हो।

यसमध्ये संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता, सर्वसाधारण समूहको १ लाख ६५ हजार ९५६ कित्ता र लकइन अवधिमा नपरेको ४ लाख ९५ हजार ६७९ कित्ता शेयर रहेको छ। संस्थापक र सर्वसाधारण समूह सेयरको लकइन अवधि असार ७ गते सकिदैछ ।

लगानीकर्ताले लिलामीमा भाग लिन कम्तीमा १०० रुपैयाँलाई आधार मूल्य मानी प्रतिस्पर्धात्मक बोलपत्रमार्फत आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्ति, कम्पनी, संघ वा संस्थाले जेठ १९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्ने प्रबन्धपत्रमा उल्लेख छ।

कम्पनीले उक्त हकप्रद सेयरको बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । बोलपत्र आवेदन फारम सानिमा क्यापिटल लिमिटेड को नक्सालस्थित कार्यालयबाट साथै सानिमा बैंकका विभिन्न शाखाहरू तथा गरिमा विकास बैंक लिमिटेड को बागलुङ शाखा, सानिमा क्यापिटल लिमिटेड – नक्साल (मुख्य कार्यालय), मोरङ, विर्तामोड , वीरगन्ज, जनकपुर, भरतपुर०, हेटौंडा तथा सानिमा बैंकको कार्यालय पोखरा, बुटबल, घोराही, नेपालगन्ज, सुर्खेत धनगढी तथा महेन्द्रनगरबाट आवेदन दिन सकिने छ ।
त्यस्तै गरिमा विकास बैंक लिमिटेडको बाग्लुङ शाखाबाट पनि आवेदन दिन सकिनेछ ।