सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ४.८२ लाख संस्थापक सेयर बिक्रीमा


काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले केही संस्थापकको स्वामित्वमा रहेको ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात तथा प्रमाण संलग्न गरी नक्सलामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ ।

यदि निर्धारित मितिभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।