पर्वतारोहणको प्रवर्धनका लागि पूर्वाधार र वातावरणीय सुरक्षा सरकारको प्राथमिकतामा छः मन्त्री पाण्डे


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले पर्वतारोहणको प्रवद्र्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

एभरेष्ट समिटियर सम्मेलनको अवसरमा मंगलवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्वतीय पर्यटनसँगै स्थानीय समुदायको समृद्धि र जीवनस्तरमा सुधार ल्याउन प्रतिवद्ध रहेको बताएका हुन् ।

मन्त्री पाण्डेले हिमालयलाई केवल भौगोलिक पर्वत नभई सभ्यता, संस्कृति र सहजीवनको सेतु भएको उल्लेख गरे ।हिमालहरूको सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताए । हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता औंल्याए ।

मन्त्री पाण्डेले जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण हिमाली भविष्य संकटमा परेको उल्लेख गरे ।