१० महिनामा निर्जीवन बिमा कम्पनीहरूको बिमा शुल्क संकलन ३५ अर्बभन्दा बढी, कुनको कति ?


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/०८२ को दश महिना (साउनदेखि वैशाख) सम्म निर्जीवन बिमा कम्पनीहरूले ३५ अर्बभन्दा बढी रुपैयाँ कुल बिमा शुल्क संकलन गरेका छन् ।

सञ्चालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको दश महिनामा कुल २३ लाख ५८ हजार ५११ ओटा बिमालेख जारी गरी कुल ३५ अर्ब ९ करोड ८० लाख ९६ हजार रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका हुन् ।

सो अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बिमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ६८ करोड १८ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।

त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४ करोड १५ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ४७ करोड ९८ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।

यता आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब २ करोड ३७ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने नेको इन्स्योरेन्सले २ अर्ब ७० करोड २३ लाख रुपैँया संकलन गरेको छ । त्यसैगरि हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ८ करोड १८ लाख रुपैयाँ संकलन गरेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ४२ करोड संकलन गर्दा आोरिएन्टल इन्स्योरेन्स कम्पनीले २ अर्ब २५ करोड रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ९ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छन् ।

त्यस्तै सानिमा जिआईसी इन्स्योरेन्सले २ अर्ब ९ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने नेपाल इन्स्योरेन्सले १ अर्ब ६८ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।

प्रभु इन्स्योरेन्सले १ अर्ब ४३ करोड , राष्ट्रिय बिमा कम्पनीले १ अर्ब १६ करोड र नेशनल इन्स्योरेन्सले ९२ करोड ९९ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।