बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक सुरू


काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित बजेट अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक सुरू भएको छ।

सरकारको नीति, कार्यक्रम र प्राथमिकता अनुसार तयार पारिएको बजेट संसद्मा पेस गर्नुअघि मन्त्रिपरिषद्को अनुमोदन आवश्यक हुने भएकाले आजको बैठक विशेष रूपमा त्यसका लागि केन्द्रित रहेको छ ।

मन्त्रिपरिषद्को निर्णयपछिपछि आजै साँझ ५ बजे संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।