विश्व दूध दिवस, नेपालमा मूल कार्यक्रम हेटौडामा सुरु, देशभर विविध कार्यक्रम हुँदै


हेटाैडा ।

आज जुन १, विश्व दुध दिवस । हरेक वर्ष दुध तथा दुग्ध पदार्थको प्रवर्धनका लागि विश्वभर मनाइने यो दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदैछ ।

यो वर्षको दुध दिवसको मूल कार्यक्रम बागमती प्रदेशको राजधानी हेटौडामा आयोजना हुँदैछ भने देशभर विभिन्न कार्यक्रम गरेर दिवस मनाइँदैछ ।

आइतवार बिहान हेटौडामा प्रभावफेरि कार्यक्रम गरिएको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यमा हेटौडा मूल समारोह सुरु भएको छ ।

कार्यक्रममा दुग्ध क्षेत्रमा योगदान गर्ने कृषक, उद्योगी, कर्मचारी, पत्रकार लगायतलाई सम्मानसमते गर्ने कार्यक्रम छ ।

राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय दुग्ध सहकारी संघ लगायतका संघसंस्थाको संयुक्त आयोजनामा नेपालमा सप्ताहव्यापी रुपमा यो दिवस मनाइँदैं आइएको छ ।