यसरी मनाइँदैछ हेटौडामा विश्व दुध दिवस (फोटो फिचर)


हेटौडा । विश्व दुध दिवसको अवसरमा मकवानपुरको हेटौडामा प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ ।

संघ, प्रदेश र पालिकास्तरका कृषि क्षेत्रका सरकारी अधिकारीहरु, किसान, उद्योगी, सहकारीकर्मी तथ यस क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको सहभागितामा प्रभातफेरि सम्पन्न भएको हो ।

प्रभातफेरि कार्यक्रमपश्चात यतिबेला हेटौडामा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा मूल समारोहको कार्यक्रम सुरु भएको छ ।

यो वर्षको विश्व दुध दिवसको नारा ‘दुधको खपत बढाऔँ, अर्थतन्त्रलाई सबल बनाऔँ’ तय गरिएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय दुग्ध सहकारी संघ लगायतका संघसंस्थाको संयुक्त आयोजनामा नेपालमा सप्ताहव्यापी रुपमा यो दिवस मनाइँदैं आइएको छ ।