सरकारका प्रवक्ता भन्छन्ः आज, भोलिमै संसद खुल्छ


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अवरुद्ध संसद छिटै खुल्ने विश्वास व्यक्त गरेका छन् । 

बुधवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले अहिले संसद अवरुद्ध रहेको र आज वा भोलिमै संसद सुचारु हुने विश्वास व्यक्त गरेका हुन्। उनले प्रतिपक्षहरूले छानविन समिति र गृहमन्त्री रमेश लेखकको राजीनामाको माग उठाइरहेको बताए।

जसमा सरकारले गृहमन्त्रीले उठेका प्रश्नको जवाफ दिए मात्रै पुग्ने स्थिति रहेको बताए । आरोपका आधारमा राजीनामा माग गर्नु उचित नरहेको बताए ।

मन्त्री गुरुङले यस बारेमा शिर्ष दलका तीन नेताहरुबीच छलफल भइसकेको पनि बताए ।