बुधबार १२ अंकले घट्यो नेप्से


काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ११.९७ अंकले घटेर २६४६.९५ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ओटा १२ उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार अरुण काबेली पावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३६ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज नेप्सेमा ओम मेघाश्री फर्माक्युटिकल्स र पियोर इनर्जीका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयर मूल्य ५.८१ प्रतिशतले घटेको छ ।

कुल ३१३ कम्पनीको एक करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १६ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।