काठमाडौँ । नर्थ समिट हाइड्रो लिमिटेडको प्राथमिक शेयर निष्काशन (आइपिओ) जारी गर्ने भएको छ । माछापुच्छ्रे« क्यापिटल लिमिटेड तथा नर्थ समिट हाइड्रो लिमिटेड बिच आइपिओ निष्काशन तथा बिक्री प्रबन्ध गर्न शुक्रबार सम्झौता छ ।
नर्थ समिट हाइड्रो लिमिटेडले जारी पुँजीको ३० प्रतिशत अर्थात कुल ३८ लाख ४० हजार कित्ताको प्रति शेयर अंकित मुल्य रु. १००÷ का दरले हुन आउने रकम रु. ३८ करोड ४० लाख बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्ने भएको हो ।
सम्झौतामा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे« क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन् ।
नर्थ समिट हाइड्रो लिमिटेडले लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका भएर बग्ने न्यादी र फिदी खोलाको पानीको बहाव सदुपयोग गरी २१.४ मे.वा. क्षमताको न्यादी फिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्