काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कले ट्रम्प प्रशासनको व्यापक कर–कटौती र खर्च विधेयकलाई लिएर एकअर्काविरुद्ध तिखो टिप्पणी गरेका छन् ।
मस्कले प्रशासन छोडेको एक हप्तापछि यस्तो टिप्पणी आएको हो । यो कर–कटौती र खर्च विधेयकलाई सुन्दर विधेयकका रुपमा ट्रम्प प्रशासनले लिँदै आएको छ । यो विधेयक ट्रम्पको मुख्य एजेन्डाको हिस्सा हो । यसमा विद्युतीय सवारी साधनका उपभोक्ताहरूका लागि कर क्रेडिट हटाउने, सीमा सुरक्षामा लगानी वृद्धि गर्ने र कर्पोरेट तथा व्यक्तिगत कर दरहरू घटाउने जस्ता आर्थिक उपायहरू समावेश छन् ।
मस्कले यो विधेयकको कडा आलोचना गर्दै आएका छन् । उनले सामाजिक सञ्जालमा यो विधेयकलाई घिनलाग्दो पोर्कको पहाडका रुपमा टिप्पणी गरे ।
ट्रम्पले मस्कको असन्तुष्टिको कारण विधेयकले विद्युतीय सवारी साधनका उपभोक्ताहरूका लागि कर क्रेडिट हटाउने प्रस्ताव रहेको बताए । जसले विद्युतीय सवारी साधन निर्माता टेस्लाका सीईओको रूपमा मस्कको हितलाई असर गरेको थियो ।
ट्रम्पले मस्कलाई पागल भएको टिप्पणी गरे । ट्रम्पको मस्कप्रति आलोचनापछि टेस्लाको शेयर मूल्य १५ प्रतिशतभन्दा बढीले घट्यो । यो वर्षको हिसावले । टेस्लाको सेयर मूल्य ३० प्रतिशतभन्दा बढीले घटिसकेको छ । मस्क एक समय ट्रम्पका कट्टर समर्थक थिए । जसले २०२४ मा ट्रम्पको अभियानलाई समर्थन गर्न करिव ३०० मिलियन अमेरिकी डलर खर्च गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्