इरानद्वारा इजरायली स्टक एक्सचेन्जमा मिसाइल प्रहार, ठुलो क्षति भएको अनुमान


काठमाडौं । इरानले इजरायली स्टक एक्सचेन्जमा आक्रमण गरेको छ । बिहीबार ईरानी मिसाइल आक्रमणले तेल अभिव र बिएर सेभालगायत इजरायलका विभिन्न स्थानहरुमा प्रहार गरेको छ । जसमा तेल अभिव स्थित इजरायल स्टक एक्सचेन्ज भवनमा क्षति पुगेको अन्तरािष्ट्रय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

इरानले प्रहार गरेका क्षेप्यास्त्रहरूको सबैभन्दा ठूलो क्षति तेल अभिभ स्टक एक्सचेन्जमा भएको छ। यो भवन इजरायलको आर्थिक गतिविधिहरूको केन्द्र हो, र यसको क्षति देशको लागि ठूलो धक्का पुगेको अल जजिराले बताएको छ ।

यसअघि ईरानी आक्रमणले दक्षिण इजरायलको एक प्रमुख अस्पतालमा पनि क्षति पुर्‍याएको थियो । साथै, ईरानका पछिल्ला मिसाइल आक्रमणहरुमा कम्तीमा ३२ जना घाइते भएको इजरायलको आपतकालीन उद्धार सेवा ‘मगेन डेभिड अदोम’ ले जनाएको छ ।

तेल अभिभ स्टक एक्सचेन्जले केही समयदेखि राम्रो प्रदर्शन गरिरहेको छ। पछिल्लो एक महिनामा यो ३.२४ प्रतिशतले बढेको छ, जबकि पछिल्लो ६ महिनामा यो ४० प्रतिशतभन्दा बढीले बढेको छ।