२४ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक २४.७६ अंकले घटेर २६२८.९१ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार न्याग्दी ग्रुप पावर लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८५ करोड ४४ लाख बढिको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् कम्पनीको सेयर ९.९८ प्रतिशतले बढेको छ ।

कुल ३१४ कम्पनीको २ करोड ९४ लाख १५ हजार ४ सय ७ कित्ता सेयर कारोबार हुँदा ११ अर्ब २३ करोड १४ लाख ८९ हजार बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।