काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ४.७८ अंकले बढेर २६००.७६ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ६ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
सोमबार राधी विद्युत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५२ करोड १८ लाख ५९ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।
आजको दिन जोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ अंकले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।
कुल ३२५ कम्पनीको एक करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्