काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलिङ पिरियडमा भएको तोडमोडबारे छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सर्वसम्मतिले लामो छलफल र बहसपछि निर्णय गरेको विषय तोडमोड गरिनु गम्भीर भएको बताएका हुन् ।
समितिबाट एउटा कुरा पारित हुने र संसदमा पुग्दा अर्को हुने कुरा संसदीय इतिहासमै पहिलो पटक भएको बताए । यो विषय अक्षम्य रहेको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने माग गरे । महामन्त्री शर्माले कुलिङ पिरियड राष्ट्रिय सभाले सच्याउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्