काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसु्चक २.४० अंकले बढेर २७०६.३६ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ६ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आइतबार नेपाल रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ४९ करोड ४० लाख ८ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज नेप्सेमा नेपाल फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
कुल ३१८ कम्पनीको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ५० करोड रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्