काठमाडाैँ । सर्वोच्च अदालतका तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको नाम संसदीय समितिबाट अनुमोदन भएको छ ।
सोमवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिले तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको नाम अनुमोदन गरेको हो ।
सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापालाई अनुमोदन गरेको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताइन् । न्याय परिषद् सदस्यमा प्रश्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको उनले बताइन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले भने न्यायाधीश नियुक्ति समावेशी नभएको भन्दै बैठक बहिष्कार गर्यो । माओवादीको बहिष्कारका बाबजुत पनि संसदीय समितिले तीन न्यायाधीशहरू र एक न्याय परिषद् सदस्यको नाम अनुमोदन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्