बाढी पहिरोले रसुवागढी नाका हुँदै भइरहेको चीनसँगको व्यापारिक सम्बन्ध विच्छेद


काठमाडाैँ । बाढीपहिरोले रसुवागढी नाका हुँदै भइरहेकोचीनसँगको व्यापारिक सम्बन्ध विच्छेद भएको छ । 

चीनतर्फबाट आएको बाढीले चीन–नेपाल जोड्ने ब्यापारिक नाका रसुवागढीको पुल बगाएसँगै ब्यापारिक सम्बन्ध तत्काललाई टुटेको छ भने अर्बौंको ब्यापार प्रभावित हुने देखिएको छ ।

गएराती आएको बाढीले मितेरी पुल बगाउनुका साथै भन्सार ड्राइपोर्टमा समेत ठूलो क्षति गरेको थियो । सोही कारण जनधनको क्षति हुनुका साथै ड्राइपोर्टमा रहेका दर्जनौंँ विद्युतीय (इभी) गाडीहरू समेत बगाएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

रसुवागढी नाका पछिल्लो समय अत्यान्तै महत्वपूर्ण नाकाका रूपमा लिने गरिएको थियो । चीनसँगको ब्यापार गर्न सोही नाका हुँदै छोटो दूरी पर्ने भएकाले त्यहाँबाट व्यापार गर्न व्यापारीहरूले अति सहज मान्दै आएका थिए ।

तथ्याङ्क मै हेर्ने हो भने पनि भन्सार विभागका अनुसार रसुवागढी नाका हुँदै चीनबाट चालु आर्थिक वर्षको जेठसम्म ८० अर्बको ८१ करोडको वस्तु आयात भएको छ । त्यस्तै सोही नाकाहुँदै नेपालबाट चीनमा १९ अर्ब ६१ करोडको वस्तु आयात भएको छ ।

खासगरी चीनबाट इभी गाडी, खेलौंना, लत्ताकपडा, जुत्ता, फलफूलसहितका वस्तुहरू ल्याइन्थ्यो भने चीनतर्फ चिया, पुस्तक, छापा सामग्री, हस्तकलाका सामग्रीहरू, हस्तकला र ढुंगाका मूर्तिहरू, चित्रकलाहरू, ऊन/पश्मिना तथा तिनबाट बनेका कपडाहरू, काठका सामग्रीहरू निर्यात गर्ने गरिएको छ । पुल तथा सडक नै बगाएसँगै तत्काललाई दुई देशको व्यापारमा ठूलो असर परेको छ ।