यातायात र जनजीवन सहज बनाउने तर्फ लाग्न मन्त्री दाहालको निर्देशन


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुल लगायतका संरचनाहरूको पुननिर्माणको प्रकृया अघि बढाउन निर्देशन दिएका छन् ।

क्षति भएका स्थानमा तत्काल अध्ययन गरि अल्पकालिन र दिर्घकालिन योजना तयार गर्न सडक विभागलाई निर्देशन दिएका हुन् । भोटेकोशी नदीले पुर्‍याएको क्षतिको अध्ययन गरि यातायात सहज बनाउने तर्फ लाग्न समेत उनको निर्देशन छ ।

अझै मनसुन जारी रहने तर्फ ध्यान दिँदै संरचनाहरूको सुरक्षा र क्षति भएका संरचनाको अस्थाई र स्थाई पुननिर्माणको योजना बनाउन उनको निर्देशन छ ।

नेपाल–चीन जोड्ने सडक तथा मितेरी पुलमा भएको क्षतिको अध्ययन गरि जनजीवन र यातायात सहज बनाउने तर्फ जनशक्ति र श्रोत–साधन परिचालन गर्न उनले निर्देशन दिए।

बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण थप हुन सक्ने क्षतिलाई मध्यनजर गरेर वर्षायाम भरि सुरक्षित यातायात र सडक सञ्चालनको व्यवस्थाका लागि सम्वद्ध निकायहरूसँग समन्वय थप बलियो बनाउन मन्त्री दाहालले आग्रह गरे ।

सो सडक बाहेक अन्य सडकहरू तर्फ समेत ध्यान दिई सके सम्म यातायात अवरुद्ध हुन नदिने गरि जनशक्ति, औजार, उपकरण तथा जनशक्ति परिचालन गर्न उनको निर्देशन छ ।

सडक विभागका महानिर्देशक डा. बिजयकुमार जैसीका अनुसार रसुवागढी क्षेत्रमा बाढीले पु¥याएको क्षतिको अध्ययन र गर्नु पर्ने कार्यका लागि विभागको टोली परिचालन भई सकेको छ ।