त्रिविका उपकुलपतिद्वारा शपथ ग्रहण


काठमाडाैँ । त्रिभूवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

बुधवार प्रधानमन्त्री एवं त्रिभूवन विश्व विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले सपथ लिए ।

कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तलगायत सहभागी थियाे। कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा अर्याललाई आज नियुक्त गरेका थिए ।