काठमाडाैँ । अर्थमन्त्री विष्णु पौडेलले मन्त्री पौडेलले अर्थमन्त्रीले विद्युतको खपत बढाउनको लागि इभीको करलाई स्थिर राखिएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै बजेट मार्फत नेपालको उर्जा खपत बढाउनको लागि विद्युतीय सवारी साधनलाई प्रवर्धन गरेको बताएका हुन्।
मन्त्री पौडेलले आफु करका नीति र करका दरमा स्थिर नीति लिएको बताए। अर्थमन्त्रीले बजेट ल्याउने मात्रै नभई कार्यन्वयन समेत जिम्मेवारी रहेको बताए।
आगामी वर्षको बजेट कार्यन्वयनको तयारी गरिरहेको बताए। बजेटमा टेक एन्ड पेको विषयमा अन्यौल भएपनि स्पष्ट पारेसंगै बैंक तथा वित्तिय संस्था, उर्जा उत्पादक लगायत सबै सन्तुष्ट रहेकाले ठिक हुँदै गएको बताए ।
प्रतिक्रिया दिनुहोस्