सांसद रिजालको टिप्पणीः कम्पनी रजिष्ट्रारको सर्भरसँगै सरकारको सुशासन र सिस्टम समेत डाउन भयो


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘सर्भर डाउन’ गराएर घुस डिल गरिहरेको विषयमा छानविन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद रिजालले कम्पनी रजिष्ट्रारको कार्यालयमा सर्भर डाउन गराएर कमिसन मागिरहेको विषय सार्वजनिक भएको भन्दै छानविन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बिहीवार कम्पनी रजिष्ट्रारमा सिस्टम डाउन गराएर घुस डिल भइरहेको विषयमा केही अनलाइन समाचार माध्यमहरूबाट समाचार प्रकाशन गरिएका थिए । सांसद रिजालले कम्पनी दर्ता गर्न घुस खुवाउनुपर्ने भए युवाहरूले कसरी व्यवसाय गर्छन् ? भन्दै प्रश्न समेत गरे ।

उनले प्रधानमन्त्रीकै नेतृत्वको सुशासन आयोग गठन गरिएको भएपनि सिंहदरबारबाट एक किलो मिटर टाढा रहेको कम्पनी रजिष्ट्रारको सर्भरसँगै सरकारको सुशासन र सिस्मटम समेत डाउन भएको टिप्पणी गरे । सांसद रिजालले घटनाबारे सत्यतथ्य छानविन गरी दोषिलाई कानूनी कारबाही गर्न माग गरे ।