काठमाडाैँ । निर्माण सुरू भएको लामो समय बित्दा समेत दाउन्ने–बुटवल सडकखण्ड फराकिलो बनाउने कार्य पूरा हुन नसक्दा नागरिकले सास्ती खेप्नुपरेको छ ।
राजमार्ग हुँदै आवाजजावत गर्ने यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन् भने राजमार्गको छेउछाउमा व्यवसाय गर्नेहरू बर्खामा हिलो र हिउँदमा धुलो धुवाँले प्रभावित बनेका छन् । त्यति मात्रै नभई राजमार्गका होटलहरूमा चहलपहल ह्वात्तै घटेको छ । सडककै कारणले पहिलेको तुलनामा आधा भन्दा बढि व्यापार सुकेके व्यापारीहरू बताउँछन् ।
दाउन्ने सडकको छेवैमा होटल चलाएर यात्रुलाई खाना खुवाउँदै आएका पदमबहादुर पोखरेलले विगत पाँच/सातबर्षदेखि धुलो धुवाँ प्रदुषण झेल्नुपरेको बताए । उनकाअनुसार बाटोले गर्दा ब्यापार चौपट छ ।
होटल व्यवसायी पोखरेलले भने,”बाटो समयमै नसकिदाँ अहिले यो बाटो गाडीहरू चल्नै छाडेका छन् । सुनसान छ । पहिला होटलमा गनिसाध्यै नहुने गरी मान्छे आउँथे । मान्छे अलि कम आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले सडकको पहिलेको तुलनामा केही काम त भएको छ । अहिलेकै गतिमा काम भयो भने त अर्को वर्ष पुरा हुन्छ की जस्तो लाग्छ ।”
व्यवसायी पलायन हुने अवस्था आएको भन्दै उनले छिटो भन्दा छिटो सडक निर्माणको काम सक्नुपर्ने बताए । निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल निर्माणको काम भइरहेपनि तिब्र हुन नसक्नुमा व्यवसायीको आ-आफ्नै समस्या रहेको बताउँछन् ।उनले निर्माणको काम समयमै नहुनुमा राज्य मुख्य दोषि रहेको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्