काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दुई ठूला दलहरू मिलेर बनेको सरकारले संसदलाई विचौलियाको खेलमैदान बनाएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन्। संसदलाई बिचौलियाको खेलमैदान बनाइनु देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको उनको टिप्पणी छ ।
उनले वर्तमान सुशासनको डरले बनेको सरकार भएको पनि टिप्पणी गरे । वर्तमान सरकारले संख्याको दम्भमा कुशासनका पहाड ठड्याएको आरोप लगाउँदै सरकार बिचौलियाको पक्षमा छ भन्ने कुरा आम नागरिक र सत्तारुढ दलकै नेताहरूको भाषा बन्न पुगेको उनको टिप्पणी छ ।
उनले संसदीय समितिबाट विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधि सभामा पुग्दा भएका चलखेल र हस्तक्षेप भएको भन्दै आपत्ति जनाए ।
प्रतिक्रिया दिनुहोस्