नेप्सेमा ३५ अंकको गिरावट


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५.७१ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये हाइड्रोपावर उपसमुह बाहेक सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४० करोड ८८ लाख बढिको सेयर कारोबार भएको छ ।

आजको दिन मइखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ५.९० प्रतिशतले बढेको छ ।

कुल ३२१ कम्पनीको २ करोड ११ लाख २ हजार ५ सय ४० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १७ करोड २१ लाख ४३ हजार बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।