काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्सें)का अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ३४.४६ अंकले बढेर २७६०.१७ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने म्युचुअल फण्ड उपसमुहको सेयरमूल्य स्थिर रहेको छ ।
मंगलबार नेप्सेमा बुटबल पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ कम्पनीको ५२ करोड ३२ लाख ६३ हजार बढीको कारोबार भएको छ ।
सुपर मादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ८ प्रतिशतले बढेको छ भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.६४ अंकले घटेको छ ।
कुल ३१७ कम्पनीको २ करोड ६५ लाख १७ हजार २ सय ९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्