काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ ।
आजको विनिमय दर अनुसार अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ २१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८१ पैसा छ । स्विस फ्र्याङ्कको खरिददर १७१ रुपैयाँ एक पैसा र बिक्रीदर १७१ रुपैयाँ ७६ पैसा रहेको छ ।
अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा रहेको छ भने क्यानेडियन डलरको खरिददर ९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०० रुपैयाँ ३९ पैसा कायम गरिएको छ।
युरोपियन युरोको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ छ भने युके पाउन्ड स्ट्रलिङको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्