दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै रास्वपा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ ।

बिहीबार दिउँसो ३ बजे पार्टी कार्यालय बनस्थलीमा दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको पार्टीका प्रवक्ता मनिष कुमार झाले जानकारी दिए ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार हस्ताक्षर अभियानका साथै समसामयिक राजनीतिक घटनाक्रम, सदन बहिष्कार, रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार चयन कार्यविधि लगायत विषयमा समेत पार्टीको धारणा सार्वजनिक हुनेछ ।