काठमाडौँ । सरकारले ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी) सम्मान प्रदान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सिआइपी सम्मान प्रदान गरेका हुन् ।
सीआईपी प्राप्त गर्नेहरुमा २१ व्यावसायिक फर्म तथा कम्पनी रहेका छन् भने निजी क्षेत्रका प्रतिनिधिमूलक नौ संस्थाले मानार्थ सीआईपी प्राप्त गरेका छन् ।
सो अवसरमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले देशको समृद्धिको लागि निजी क्षेत्रसंगको सहकार्यलाई थप बलियो बनाइने बताए ।
उनले सिआइपी सम्म्मानले उद्योगी व्यवसायीहरुको मनोबल उच्च राख्दै निर्यात प्रवद्र्धनमा थप प्रभावकारी भूमिका खेल्ने उल्लेख गरे ।
“यो सम्मानका लागि सम्मान होइन । हामी थप उदार भएर निजी क्षेत्रलाई सम्मान गर्न चाहन्छौं । निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक विकास र समृद्धि सम्भव छैन । त्यसैले हामीले देशको समृद्धिको लागि सहकार्य गरर अगाडि बढ्न चाहन्छौं ।” उनले भने ।
नेपाल सन् २०२६ मा एलडीसी ग्रयाजुयसनमा जाने हुनाले सरकार र निजी क्षेत्र मिलेर आउने दिनको रणनीति बनाउनु पर्ने उनले बताए ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको निर्यात वार्षिक करिब १० खर्ब पु¥याउन सकिने उल्लेख गरे ।
उनले नेपालको निर्यात सम्भावना हेर्दा वार्षिक करिब १० खर्ब पु¥याउन र कुल गार्हस्थ्य उत्पादनको शुन्य दशमलब २ प्रतिशतमात्रै रहेको विदेशी लगानी केही वर्षमै १० प्रतिशत पुर्याउन सकिने धारणा राखे ।
अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघ र निजी क्षेत्रले सिथिल अर्थतन्त्रको विस्तार र नेपालमा लगानी प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम र नीतिगत पैरवी गरिरहेको र यसमा सरकारको भरपुर सहयोग रहेको भन्दै निजी क्षेत्रको विकास र विस्तारमा सरकारले निर्वाह गरिरहेको भूमिका प्रति आभार व्यक्त गरे ।
“हामीले लगानी सम्वद्ध कानुनहरुमा समस्या रहेको विषय उठायौ । सरकारले कानुनमा संसोधन गर्यो । द्धिपक्षीय लगानी प्रवद्र्धनका लागि सम्झौता आवश्यक भनौ । त्यसको सरकारले खाका तयार पारेको छ । उहाँले भन्नुभयो, नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेकोले सुधार आयोगको प्रस्ताव गर्यांै । आयोग बनेर सुझाव सरकारसमक्ष पेश गर्यौ । त्यसलाई सरकारले आत्मसात गरेकोमात्र नभइ बजेट र मौद्रिक नीतिमा केही सुझाव समावेश पनि भएको छ । यी सबै कामका लागि म सरकारलाई आभार व्यक्त गर्दछु ।”
महत्वपूर्ण व्यवसायिक व्यक्ति सिआइपी सम्मानले व्यवसायीलाई सम्मानित भएर व्यवसाय गर्न प्रोत्साहन गर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले अन्तराष्ट्रिय अभ्यास अनुसार यसरी सम्मानित हुने व्यक्तिहरुलाई सरकार र समाजले निक्कै महत्व दिने गरेको बताए । उनले हरेक दुइ बर्षमा सिआइपी प्रदान गर्ने निश्चित मिति तोकेरै सिआइपी डे, मनाउनु पर्ने सुझाव दिए ।
अध्यक्ष ढकालले यी सुधारसंगै नेपालको अर्थतन्त्रमा निजी क्षेत्रले निर्वाह गर्न सक्ने भूमिका र त्यसले अर्थतन्त्रको मुहार र आकार नै फेर्न सक्ने सम्भावना रहेको सिआईपीबाट सम्मानित हुने व्यक्तित्व र संस्थाबाट नै पनि हेर्न सकिने धारणा राखे ।
उनले आफुहरुले निजी क्षेत्रको मर्यादाक्रमको बिषय उठाएको र यसले निजी क्षेत्रलाई धेरै नै उत्साहित बनाउने हुँदा कार्यान्वयनका लागि सरकारसंग आग्रह गरे ।
वाणिज्य तथा आपूर्ति सचिव डा.रामप्रसाद घिमिरेले निजी क्षेत्रको विकासबिना समग्र मुलुकको विकास असम्भव भएको बताउँदै सरकारले पनि निजी क्षेत्रमैत्री कानून निर्मार्ण गरि निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको बताए ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले सीआईपी सम्मानले निजी क्षेत्रको मनोबल बढेको बताउँदै उो सम्मानको दायरा बढाउँदै लैजानु पर्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्