काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको बारेमा निर्वाचन आयोगमा गएर जानकारी लिएको छ ।
आइतबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीसहित पार्टीको कानून विभागका सदस्यहरुले आयोगमा पुगेर यसबारे चासो राखेका हुन् ।
निर्वाचन आयोगका कार्यकारी प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको छलफलपछि आयोगले आफूहरुले अद्यावधिक गरिरहेको जानकारी दिएको महामन्त्री बुर्लाकोटीले बताए ।
‘पार्टीको कानून विभागका कानून व्यवसायी साथीहरुसहित आउनुको कारण निर्वाचन आयोगले पार्टीको पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको अवस्था देखियो महामन्त्री बुर्लाकोटीले भने, यो विलम्व नगर्नुपर्ने, यसमा केही कैफियत छ की त भनेर कुरा राख्न आएका थियौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुखज्युलाई सचिवज्युहरुसहित छलफल गरेका छौँ । पार्टीबाट बुझाइएका विवरणहरु सबै पुगेको छ भन्ने जानकारी गराउनु भयो ।
पार्टीले २०८१ असार १७ गतेदेखि विवरण बुझाएको र विवरण हेरफेर भएका कुरा पटक पटक बुझाएपनि अद्यावधिक नगरिएको आरोप बुर्लाकोटीले आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्